FAQs Complain Problems

नगारिकता र प्रतिलिपि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यलय
सेवा शुल्क: 
250
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहिताको हकमा)
६) बसाई सरी आएको हकमा बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि/सक्कल नागरिकता प्रमाण पत्र
१०) सरसफार्इ कार्डको प्रतिलिपी/सक्कल प्रमाण

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२) वडा अध्यक्ष/का.बा.वडा अध्यक्ष/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३) निवेदन दर्ता गर्ने
४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५) निवेदकले तोकिएको शुल्क बुझाउने
६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
७) तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।

//