FAQs Complain Problems

जहदा गाउँपालिका

जहदा गाउपालिका पूर्वि नेपालको पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग भन्दा दक्षिणि दिशामा अवस्थित छ । यस गाउपालिका
संघिय नेृपालको नयाँ संरचना अनुसार कोशी को राजधानि रहेको विरानटनगर महानगरपालिका बाट पूर्व दक्षिण
तर्फको भागमा झण्डै कछुवा आकारको रुपमा उत्तर दक्षिण भएर फैलिएको छ । वि.स १९७१ अघि मोरङ जिल्लाको
सदरमूकाम विराटनगरमा सारियो । तत्पश्चात गाउपालिका आर्थिक तथा रणनीतिक हिसाबले क्रमिक रुपमा सवल
बन्दै आएको पाइन्छ । यस गाउपालिकाको भएर भारतको विहार राज्य सँग साधसिमा कायम भएको पनि छ र त्यस
क्षेत्रमा छोटि भन्सार नाका समेत रहेको देखिन्छ ।
परापूर्वक कालमा जहदा गाउपालिका क्षेत्रको ठूलो भू–भागलाई घना जगंलले ढाकेको देखिन्छ । यहाँको नदि किनारामा
स्थानीय जात–जातिका स–साना झुण्ड वस्तिहरु थिए । घना जगंलका कारण सहज पानी उपलब्ध नहुने र वास वस्न
नसकिने हुनाले मानिसहरुलाई नदि किनार र पहाडको फेदिमा वस्नु जरुरी थियो । गाउपालिकाको विभिन्न स्थानमा
बेला–बेलामा पाइने पुराना वासस्थानको अवशेषले पनि थप पुष्टि गर्दछ । ती मध्ये कतिपय नासिएका छन् भने
कतिपय अझै फेला पर्न सकेका छैनन् । राणाकालिन समयमा मोरङको सदरमूकाम रंगेलितिर जाने बाटो यतैवाट
थियो । पहिले पुर्वि भेग र भारतको विभिन्न स्थानमा पुग्नको लागि मुख्य प्रवेश मार्ग यहि छ । तसर्थ प्रारम्भिक
समयदेखिनै तराइ,पहाड र छिमेकि देशलाइ जोड्ने महत्वपुर्ण सेतु यो गाउपालिका रहेको देखिन्छ । यसरि हेर्दा यसको
अस्तित्व मोरङ् जिल्लामा अन्य जत्तिकै पुरानो मानिन्छ ।
ऐतिहासिक रुपमा मोरङको जहदा लगायत विराटनगर भेग विभिन्न राज्यमा पर्ने क्रम चलिरह्यो । तत्कालिन
भारतबर्षमा विकास भएको जनपदमध्ये मत्स्य देश एक जनपदमा पर्दथ्यो । प्राचीन समयमा यो भेग मत्स्यदेशमा
पर्दथ्यो र समयक्रममा मत्स्यदेश टुक्रिन पुग्यो र यो भेग पुण्ड्रवर्धनको एक महत्वपुर्ण केन्द्र बन्यो । प्राचीन कालमा यो
भेग प्रसिद्ध तिर्थस्थल वराहक्षेत्र नजिक पर्ने गर्दथ्यो । प्राचीन समयदेखि नै यसभेगको ठूलो क्षेत्रमा मानिसको वसोवास
रहेको अनुमान छ । मोरङको भेडियारि ,कसेनिको धनपाल गढी, हरैँचा र राजघाट सरह नै जहदामा पनि मानिसहरुको
वसोवास थियो । यसको सम्वन्ध द्धापर युगको विराटराजाको दरवारसँग पनि जोडिएको छ । भनिन्छ , पाँच पाण्डवहरु
वनवासपछि एक बर्ष गुप्तवास बस्नका लागि विभिन्न रुप धारण गरि बसेका थिए । त्यही विराटराजाको दरवार क्षेत्र
रहेको बुधनगर गाविस विभाजित भई केही भाग जहदा गाउपालिका र विराटराजाको दरवारको भग्नावशेष रहेको
भेडियारी हाल विराटनगर महानगरपालिकामा परेको छ ।
जहदा भेग मध्यकालमा धेरै जंगल र कतै–कतै वस्ति को रुपमा रहेको थियो भन्ने किम्वदन्तीहरु पनि पाइन्छ ।
विभिन्न भागमा भएका स–साना वस्तिहरुमा स्थानीय रजौटाहरुले शासन गर्दथे । वि.स. १८३१ म विजयपुर बृहत्तर
नेपालमा गाभिएपछि जहदा पनि बृहत्तर नेपालभित्र पर्न पुग्यो । केही समय साँगुरिगढी वाट यस भेगको शासन
चलाइयो । त्यसपछि मोरङ को राजधानि रङ्गेलिमा स्थापना गरि केही समय त्यहिँ वाट शासन चलाइयो । वि.स
१९७१ प्छि रङ्गेलिवाट सदरमूकाम विराटनगर सारियो । सदरमूकाम वाट नजिकको गाउँको रुपमा जहदा रहन पुग्यो
। यहाँ उत्पादित स्थानीय उत्पादनको पहिलो र रोजाइको बजार विराटनगर बन्न पुग्यो ।

//